गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

समाचार तथा गतिविधि

महानिर्देशक

डा. विनोद विन्दुु शर्मा

सूचना अधिकारी

नवराज शर्मा


bhumari80@gmail.com

हाम्रो बारेमा

परिचय:- 

बिक्रम सम्बत २०३८ सालमा यो पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रको नाममा स्थापना भएको हो। वि.स. २०४६ को परिवर्तन पश्चात् यसको नाम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य स्वास्थ्य तालिम केन्द्र, पोखरा रहन गयो। तत् पश्चात् शासन व्यवस्था परिवर्तन भई संघीय गणतन्त्र स्थापना भई सम्पुर्ण देशलाई सात प्रदेशमा विभाजन गरी सबै प्रदेशमा स्वास्थ्य तालिम केन्द्र स्थापना भएका छन्। सोही अनुरुप गण्डकी प्रदेशमा स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको स्थापना भएको छ। यस प्रदेशको पूर्वमा बाग्मती प्रदेश, पश्चिममा लुम्बिनी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारत देश पर्छ। यो प्रदेश हिमाली, पहाडी एवम् तराईको समथल भागसम्म फैलिएको छ। यो प्रदेशको सदरमुकाम पोखरा नगरीमा पर्दछ। यो स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश पोखरा नगरपालिका भित्र रहेर आपनो जिम्मेवारीमा रहेका स्वास्थ्य सम्बन्धि तालिम गतिविधिहरुलाई अगाडि बढाइरहेको छ। यो केन्द्र गण्डकी प्रदेशभित्र स्वास्थ्य सम्बन्धी तालिमका गतिविधिहरु सञ्चालन, व्यवस्थापनको लागी सहयोग गर्ने प्रमुख प्राविधिक इकाई हो।

 

औचित्य :

हरेक नागरिकले स्वस्थ्य रहेर सामाजिक, सास्ंकृतिक, आर्थिक एवं राजनैतिक तवरले समान रुपमा जीवन यापन गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। त्यसैले जात, लिङ्ग, वर्ण, धर्म, समुदाय र भौगोलिक बसोबासको आधारमा आधारभूत स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउनु आजको आवश्यकता हो। यसै कुरालाई दृष्टिगत गरी स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको दायित्व प्रदेश भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिने सेवाहरुको एकरुपता र गुणस्तरियताको लागी तालिम संचालन गरि सुपरिवेक्षण र अनुगमन कार्यलाई सुदृढ बनाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा टेवा पुर्याउने हुन्छ। प्रदेश अन्तरगतका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने दक्ष जनशक्तिको लागि आबश्यक तालिम संचालन गर्ने निकायको रुपमा यस केन्द्रको स्थापना भएको छ।

 

उद्धेश्य :

  • प्रदेशस्तरको तालिमको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन गर्ने गराउने।
  • प्रदेश मातहतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको गुणस्तरियता कायम भएको निश्चित गर्ने गराउने।
  • राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका अध्ययन, तालिम, गोष्ठी आदिमा संलग्न गराई कर्मचारीहरुको सीप वृद्धिको साथै स्तर वृद्धिको मौका प्रदान गर्ने।
  • प्रदेश अन्तरगतका स्थानीय स्वास्थ्य इकाईहरुमा, प्रदेश भित्रका निजि स्वास्थ्य संस्थाहरु, सरोकारवाला अन्य सरकारी र गैर सरकारी संघसंस्थाहरुसगँ समन्वय, सहकार्यमा आबश्यकता अनुरुप तालिम संचालन गर्ने गराउने।

 

भावी सोच 

  • स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिकका लागि दक्ष स्वास्थ्यकर्मीहरुको उत्पादन गर्ने। 

 

स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका शाखाहरुको कार्यविवरण

१.१. स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश कार्यहरु

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य कार्यालय, आयुर्बेद संस्था र अस्पतालका साथै स्थानीय स्वास्थ्य शाखाहरुले प्रदेश स्वास्थ्य तालिम केन्द्रसगँ समन्वय गरि तालिम संचालन गर्न तपशिल बमोजिमका कार्यहरु गर्नेछ:-

१.१.१. तालिम विकास, अनुगमन तथा समन्वय शाखा

  • प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्यसँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने वार्षिक तालिम कार्यक्रमको योजना, नीति तथा रणनीति निर्माणमा आवश्यक पैरवी, समन्वय र सहयोग गर्ने।
  • स्वास्थ्य तालिम केन्द्रको वार्षिक प्रतिवेदन निर्माण र प्रकाशन गर्ने।
  • संघिय, प्रादेशिक तथा स्थानीय स्तरका तालिम कार्यक्रमहरूको सुपरिवेक्षण, अनुगमन तथा कार्यप्रगतिको समीक्षा गर्ने।
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको मापदण्ड बमोजिम तालिम सामग्री उत्पादन गर्ने।
  • अन्य प्रादेशिक कार्यालयहरुसंगको समन्वयमा योजना तर्जुमा, भावि कार्यदिशा तथा कार्यक्रम आदिका बारेमा समीक्षा तथा छलफल गर्ने।
  • स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई प्रदेशस्तरमा भएका तालिम गतिविधिहरुको जानकारी।
  • विकास साझेदार संघ संस्थाहरुसंग आबश्यक समन्वय र सहजीकरणमा तालिम संचालन गर्ने गराउने।

 

१.१.२. तालिम शाखा

  • प्रदेशलाई आबश्यक पर्ने बिशेष किसिमका तालिमहरुको पाठ्यक्रम विकास गर्ने।
  • स्वास्थ्य सम्बन्धि नयाँ तालिम कार्यक्रमहरुको पाईलट परिक्षण तथा कार्यगत अनुसन्धान गर्ने।
  • कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरी मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता ल्याउनको लागि आवश्यक पृष्ठपोषण दिने।
  • स्वास्थ्य सम्बन्धि नयाँ बिषयबस्तुहरुमा पाठ्यक्रम विकास गर्ने तथा समय अनुसार परिमार्जन गर्ने।
  • आबश्यकता पहिचान गरि तालिम कार्यक्रमहरु संचालन गर्ने।

 

१.१.३. प्रशासन शाखा

  • आन्तरिक प्रशासनकार्यालय व्यवस्थापनसरसफाइका लागि आवश्यक भौतिक व्यवस्था गर्ने।
  • आन्तरिक कर्मचारी प्रशासनआन्तरिक कार्य विभाजनहाजिरीबिदारमानापालो पहराखटनपटनको व्यवस्थापन गर्ने।
  • कार्यालय भवनपरिसरसवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने।
  • तालिम केन्द्रको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्थाजिम्मा तथा रेखदेखसंभारसंरक्षणनिरिक्षण तथा प्रतिवेदन सम्बन्धि कार्यहरु गर्ने।
  • आवश्यक जनशक्तिको दरवन्दी सिर्जनानियुक्तिसरुवापदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्ने।
  • लामो अवधिका बिदा तथा कारवाहीहरुको अभिलेख राख्ने।
  • कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने।
  • आर्थिक योजना तथा संघिय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने।
  • वित्तिय नीति तर्जुमा बजेटमन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक कार्यक्रमका लागि बिनियोजन भएकोरकम बाडँफाडँ सम्बन्धि कार्यहरु गर्नेगराउने।
  • विनियोजित बजेटको निकासाखर्चलेखाङकन तथा प्रतिवेदन र लेखापरिक्षण सम्बन्धी कार्यहरु गर्ने र गराउने।
  • योजना तथा कार्यक्रम तर्जुमाबजेट कार्यान्वयनलेखापरिक्षण तथा बेरुजु फर्छ्यौटआर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने।
  • आन्तरिक बजेट सञ्चालन गर्ने ।
  • केन्द्रीय लेखालेखाप्रणली तथा आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन गर्ने ।
  • प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यवस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।