• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-523109
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा संगठन संरचना नागरीक बडापत्र कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन तथा नियमावलीहरु कार्यबिधि
  • फारम तथा ढाँचाहरु
  • डाउनलोड
  • प्रतिवेदन
  • मिडिया
    एल्बमहरु भिडियोहरु
  • सम्पर्क गर्नुहोस्
  • TMIS
  • Dashboard
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. High Altitude Sickness Management Field Base Training सञ्चालन।

High Altitude Sickness Management Field Base Training सञ्चालन।



प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा गण्डकी प्रदेश, मुस्ताङ जिल्ला भित्रका अस्पताल, आयुर्वेद, स्वास्थ्य चौकीहरूमा कार्यरत चिकित्सक, आयुर्वेद कर्मीहरु तथा स्वास्थ्यकर्मीहरुको लागि High Altitude Sickness Management Field Base Training सञ्चालन भएको छ। तालिममा गण्डकी प्रदेश सरकार अन्तर्गत मुस्ताङ जिल्ला भित्र रहेका अस्पताल, आयुर्वेद चिकित्सालय र पालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुबाट गरी १६ जनाको सहभागिता रहेको छ। तालिमको सहजीकरण धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट डाक्टर शंकर लामीछाने, प्रदेश अस्पताल मुस्ताङका MDGP डाक्टर विशाल सापकोटाले गर्नुभएको उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख विद्या तामाङकाे अध्यक्षतामा उद्दघाटन कार्यक्रम सञ्चालन भएको थियो। प्रदेश आयुर्वेद चिकित्सालय, मुस्ताङका प्रमुखकाे विशिष्ठ उपस्थिति रहेको उक्त तालिम ३ दिनसम्म चल्नेछ। अन्तिम दिन १७ गते मुक्तिनाथमा आउने दर्शनार्थीहरुको आवश्यकताका आधारमा High Altitude Sickness को उपचार हुनेछ। कार्यक्रमकाे सञ्चालन प्रादेशिक तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माले गर्नुभएको थियो।

Download: High Altitude Sickness Management Field Base Training सञ्चालन।


Share Tweet Share
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
  •   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  •   स्वास्थ्य सेवा विभाग
  •   स्वास्थ्य आपतकालीन केन्द्र सञ्चालन
  •   इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा
  •   राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्र
  •   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र
गण्डकी प्रदेश, पोखरा, नेपाल

061-523109

gandakihtc2075@gmail.com

http://htc.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This page has been viewed 8561 times
© Provincial Health Training Center 2025