उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी तालिम (NTD) शुभारम्भ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा सेवा प्रदायकहरुको लागि उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी तालिम (NTD) मिति २०८२/०२/२० गतेदेखि शुभारम्भ भएको छ । प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराका महानिर्देशक डा. विनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित उद्दघाटन समारोह जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डाक्टर रोशन ढकाल, WHO का अनुपम राय लगायत भेटनरी अस्पताल, आँखा अस्पतालबाट मुख्य स्रोतव्यक्तिकाे रूपमा रहनुभएको यस तालिम कार्यक्रममा प्रदेश भित्र प्रदेश भित्रका स्वास्थ्य संस्थाहरूबाट मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृतहरु, नर्सिङ कर्मचारीहरुकाे सहभागिता रहेको थियो।

Download: उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी तालिम (NTD) शुभारम्भ।