६० दिने SBA तालिमको सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मातृशिशु मितेरी अस्पताल, पोखरामा मिति २०८१/०८/०६ देखि २०८१/१०/०६ सम्म संचालन भएको ६० दिने SBA तालिमको समापन भएको छ।
सो कार्यक्रम स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता रहेको थियो।कार्यक्रममा मातृशिशु मितेरी अस्पताल अस्पतालका अस्पतालका कर्मचारीहरू, तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगाना, कम्युनिटी नर्सिङ् अधिकृत दृष्टि पौडेल र सूचना सहायक प्राबिधिक प्रतिमा अर्यालको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम मातृशिशु मितेरी अस्पतालका नर्सिङ् अधिकृत अन्जु रेग्मीले संचालन गर्नु भएको थियो।

Download: ६० दिने SBA तालिमको सम्पन्न।