६ दिने ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/१०/०६ गते देखि संचालन भएको ६ दिने ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी तालिम मिति २०८१/१०/११ गते समापन भएको छ।
गण्डकी प्रदेशको १० वटा जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत २१ जना स्टाफ नर्स र हेल्थ असिष्टेन्टहरुको सहभागीता रहेको थियो।
उक्त समापन कार्यक्रमको अध्यक्षता प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियोभने तालिम प्रशिक्षकको रुपमा प्रदेश अस्पताल, बेनी, म्याग्दीका प्रमुख मेशु डाक्टर रवि रञ्जन प्रधान र धौलागिरी प्रादेशिक अस्पताल, बागलुङका अस्पताल नर्सिङ प्रशासक शान्ति पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डाक्टर नविन अधिकारीको उपस्थिति रहेको थियो।
उक्त समापन कार्यक्रमको संचालन प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत स्मृति मानन्धरले गर्नुभएको थियो।

Download: ६ दिने ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न।