२१ दिने ग्रामीण अल्ट्रासाउन्ड तालिम सम्पन्न।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मिति २०८१/०८/१८ गतेदेखि संचालन भएको २१ दिने ग्रामीण अल्ट्रासाउन्ड तालिम आम्दा अस्पताल, झापामा (८७ औ ब्याच) सम्पन्न भएको छ।
कार्यक्रममा मातृशिशु मितेरी अस्पताल कास्की, धरमपानी स्वास्थ्य चौकी बन्दीपुर तनहुँ, भीरकोट स्वास्थ्य चौकी ऋषिङ तनहुँ, नरेठाटी स्वास्थ्य चौकी गलकोट बागलुङ, धुल्लुबास्कोट स्वास्थ्य चौकी बरेङ बागलुङ र चामे स्वास्थ्य चौकी, मनाङबाट नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा संचालित उक्त समापन कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र, कोशी प्रदेशका निर्देशक ज्ञान बहादुर बस्नेतको प्रमुख उपस्थिति रहेको थियो।
आम्दा अस्पताल, झापाका मेशु डाक्टर प्रकाश शर्माको विशिष्ट उपस्थितिमा संचालित उक्त समापन कार्यक्रममा मेट्रोन पुनम गुरौ, तालिम अधिकृत टीका सुबेदी, स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा लगायतको उपस्थिति रहेको थियो।

Download: २१ दिने ग्रामीण अल्ट्रासाउन्ड तालिम सम्पन्न।