३ दिने AHMIS तालिम शुभारम्भ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा ३ दिने आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई AHMIS तालिम शुभारम्भ भएको छ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलको प्रमुख उपस्थितिमा संचालित यस तालिममा बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत कृण्ण प्रसाद अर्याल, प्रशिक्षक आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौँका डाक्टर वंशदीप शर्मा खरेल र तथ्यांक अधिकृत भोला प्रसाद रोकाको बिशेष उपस्थिति रहेको छ। तालिममा गण्डकी प्रदेशका ११ ओटा जिल्लाबाट २२ जना आयुर्वेद स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ।

Download: ३ दिने AHMIS तालिम शुभारम्भ।