SHP/SBA तालिम सुरु।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा मातृशिशु मीतेरी प्रादेशिक अस्पताल,पोखरामा मिति २०८२/०२/११ देखि २०८२/०३/१५ सम्म ३६ दिने SHP/SBA तालिमको Moudle 1, 2 र 3 को पहिलो व्याच सुरु भएको छ। उक्त तालिममा ८ वटा जिल्लाबाट १२ जना सहभागीहरू रहेका छन् । कार्यक्रमको उद्धघाटन स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक डाक्टर विनोद विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, National Health Training Center, Kathmandu का तालिम सामग्री विकास शाखाका प्रमुख चेतन निधि वाग्ले लगाएत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका कम्युनिटी नर्सिङ् अधिकृत दृष्टि पौडेलले सन्चालन गर्नुभएको थियो।

Download: SHP/SBA तालिम सुरु।