स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न।
वालिङ नगरपालिका, स्याङ्जाकाे आयोजना, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशकाे प्राविधिक सहयोग र The Asia Foundation, ASK Nepal काे सहयोगमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वालिङ नगरपालिका अन्तर्गतका १९ वटा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सबै सदस्यहरूलाई ५ समूहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो। स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्याल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौंका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनी, प्रदेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा र वालिङ नगरपालिका, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले अभिमुखीकरण कार्यक्रमकाे सहजीकरण गर्नुभएको थियो। अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर विश्व बन्धु बगाले, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेल र प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाका प्रमुख केशव चापागाँईले अनुगमन गर्नुभएको थियो।

Download: स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न।