सुरक्षित गर्भपतन तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा सुरक्षित गर्भपतन तालिम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा सम्पन्न भएको छ। तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ८ जना नर्सिङ स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। उक्त समापन कार्यक्रममा तालिम केन्द्रबाट कन्सलटेन्ट कम्युनिटी फिजिसियन डा. पोवा जवेगु, जनस्वास्थ्य अधिकृत स्मृति मानन्धर, सरस्वती घिमिरे र विद्या भण्डारी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अस्पताल नर्सिङ निरीक्षक गिता ढकाल र विष्णु पराजुलीको उपस्थिति रहेको थियो।
Download: सुरक्षित गर्भपतन तालिम सम्पन्न।
.png)