सुरक्षित गर्भपतन सम्बन्धि तालिम शुभारम्भ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा औषधिको प्रयोग द्वारा गरिने सुरक्षित गर्भपतन सम्बन्धि तालिम शिशुवा अस्पताल, पोखरामा शुभारम्भ भएको छ। उक्त तालिम २०८२/०८/०१ गते देखि २०८२/०८/०५ गते सम्म संचालन हुने यस तालिममा ६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ। प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको अध्यक्षता उद्घाटन समारोह सम्पन्न भएको हो। कार्यक्रममा तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक लालु शर्मा, जनस्वास्थ्य अधिकृत स्मृति मानन्धर र जनस्वास्थ्य अधिकृत विद्या भण्डारीको उपस्थिति रहेको थियो।
Download: सुरक्षित गर्भपतन सम्बन्धि तालिम शुभारम्भ।
.png)