सामाजिक जवाफदेहिता सम्बन्धी तालिम शुरु।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा सामाजिक जवाफदेहिता सम्बन्धी तालिम आज मिति २०८२/०८/११ देखि पोखरामा शुरु भएको छ। गण्डकी प्रदेशका प्रदेश जनस्वास्थ्य कार्यालय, स्थानीय तहका फोकल पर्सन तथा पालिका स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा उद्दघाटन कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौंका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनी मुख्य प्रशिक्षक रहनुभएको छ।
Download: सामाजिक जवाफदेहिता सम्बन्धी तालिम शुरु।
.png)