संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुभारम्भ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा ३ दिने संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम मिति २०८१/११/०४ गते देखी प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, गण्डकी प्रदेश, पोखरामा शुभारम्भ भएको छ।
तालिम शुभारम्भ कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता तथा अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर सरोज पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ। तालिममा गण्डकी प्रदेशका स्वास्थ्य संस्थाहरुमा कार्यरत २० जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ।

Download: संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुभारम्भ।