Primary Burn Care तालिम शुभारम्भ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा ६ दिने स्वास्थ्यकर्मीहरुलाई Primary Burn Care तालिम किर्तिपुर अस्पताल, काठमाडौँमा शुभारम्भ भएको छ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलको प्रमुख उपस्थितिमा संचालित यस तालिममा डाक्टर शंकरमान राई, डाक्टर किरण नकर्मी, बरिष्ठ कार्यक्रम ब्यबस्थापक हेमन्तध्वज जोशी, स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, प्रतिमा अर्यालको बिशेष उपस्थिति रहेको छ।
तालिममा गण्डकी प्रदेशका धौलागिरी अस्पताल, मध्यबिन्दु जिल्ला अस्पताल, दमौली, गोरखा र लमजुङ्ग जिल्ला अस्पतालबाट १४ जना कन्सल्टेन्ट सर्जन, मेडिकल अधिकृत तथा नर्शिंङ्गहरुको सहभागीता रहेको छ।

Download: Primary Burn Care तालिम शुभारम्भ।