न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण सञ्चालन।
भिमाद नगरपालिका, तनहुँकाे आयोजना तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे प्राविधिक सहयोगमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम भिमादमा सञ्चालन भएको छ । भिमाद नगरपालिका, तनहुँका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख र कर्मचारीहरु, पालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुखहरूकाे सहभागीता रहेको थियो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा मुख्य प्रशिक्षक रहनुभएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम पालिका प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सञ्चालन भएको थियो।
Download: न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण सञ्चालन।
.png)