मनोसामाजिक तथा मानसिक स्वास्थ्य (मोड्युल १) तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजना, घरपझोङ गाँउपालिका, मुस्ताङकाे समन्वय तथा Unity in Health को सहयोगमा ६ दिने मनोसामाजिक तथा मानसिक स्वास्थ्य (मोड्युल १) तालिम जोमसोममा शुरू भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीको अध्यक्षतमा संचालित उक्त तालिममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका नबराज शर्मा र होग्रेथ भुर्तेलकाे विशिष्ट उपस्थिति रहेकाे थियो। जिल्लाका ५ वटै पालिका र प्रदेश अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको छ। तालिम CMC Nepal का गोपाल बोहरा र सुमिता मल्लले सहजीकरण गर्नुहुने छ।
Download: मनोसामाजिक तथा मानसिक स्वास्थ्य (मोड्युल १) तालिम शुरू।
.png)