मनोसामाजिक परामर्श सम्बन्धी (मोड्युल १) छ महिने तालिम समापन।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा संचालन भएको १० दिने मनोसामाजिक परामर्श सम्बन्धी (मोड्युल १) छ महिने तालिम आज समापन भएको छ। समापन समारोहमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेश प्रसाद अधिकारीकाे अध्यक्षतामा समापन समारोह सम्पन्न भएको छ। तालिम केन्द्रका होग्रेथ भुर्तेल, वैदेशिक रोजगार बोर्डका शिव रेग्मी, प्रशिक्षकहरु भरत गौतम, सावित्रा शर्मा, जगन्नाथ पौडेल लगायतका व्यक्तित्वहरु उपस्थित रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न २० वटा पालिकाका २० जना मनोसामजिक परामर्शकर्ताको सहभागिता रहेको थियो।
Download: मनोसामाजिक परामर्श सम्बन्धी (मोड्युल १) छ महिने तालिम समापन।
.png)