मानसिक स्वास्थ्य सम्बन्धी मोड्युल 2A तालिम सम्पन्न
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा चिकित्सकहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी मोड्युल 2A तालिम सम्पन्न भएको छ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर विनोद बिन्दु शर्माको प्रमुख आतिथ्यता तथा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काकाे विशिष्ट उपस्थिति रहेको थियो।
तालिममा गण्डकी प्रदेशमा रहेका अस्पतालहरूमा कार्यरत मेडिकल अधिकृतहरुकाे उपस्थिति रहेको थियो।

Download: मानसिक स्वास्थ्य सम्बन्धी मोड्युल 2A तालिम सम्पन्न