मेडिकल अधिकृतहरुका लागि १७ दिने मेडिको लिगल तालिम शुरु।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजना तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्राविधिक सहयोगमा मेडिकल अधिकृतहरुका लागि १७ दिने मेडिको लिगल तालिम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मिति २०८१/०९/१७ गतेवाट शुरु भएको छ।
स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलकाे अध्यक्षतामा संचालित उद्दघाटन कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का र पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत बहादुर खत्रीको विशेष उपस्थिति रहेको थियो।
तालिममा गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरूबाट ६ जना मेडिकल अधिकृतहरुको उपस्थिति रहेकाे छ। उद्दघाटन कार्यक्रमको सञ्चालन स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत कृष्ण प्रसाद अर्यालले गर्नुभएको थियो।

Download: मेडिकल अधिकृतहरुका लागि १७ दिने मेडिको लिगल तालिम शुरु।