Geriatric Care तालिम शुभारम्भ।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा ६ दिने Geriatric Care तालिम शुभारम्भ भएको छ। गण्डकी प्रदेशको ११ वाटा जिल्लाका स्वास्थ्यसंस्थामा कार्यरत २० जना मेडिकल अधिकृतहरुको सहभागीता रहेको छ।
शुभारम्भ कार्यक्रमको अध्यक्षता स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियो। उक्त तालिममा डाक्टर रबि रंजन प्रधान, डाक्टर अनन्त अर्याल र डाक्टर नविन अधिकारी मुख्य श्रोतव्यक्ति रहनुभएको उक्त शुभारम्भ कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो।
जनस्वास्थ्य निरिक्षक लालु शर्मा स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको संचालन स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत स्मृर्ती मानन्धरले गर्नुभएको थियो। तालिम २०८१/०९/०६ गते सम्म संचालन हुनेछ।

Download: Geriatric Care तालिम शुभारम्भ।