General Training Skills (GTS) तालिमको शुरुवात।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा ५ दिने General Training Skills (GTS) तालिम आजदेखि पोखरामा शुरुवात भएको छ। गण्डकी प्रदेशका सबै जिल्लाहरुबाट १/१ जनाको सहभागिता रहेको छ।
कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका डाक्टर इश्वर उपाध्याय, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर शरद बराल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका थलिन्द्र पंगेनी र प्रदेश क्षयरोग उपचार तथा नियन्त्रण केन्द्रका डाक्टर बिशाल तिवारी रहनुभएको छ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षतमा संचालित उद्घाटन समारोह बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले संचालन गर्नुभएको थियो।

Download: General Training Skills (GTS) तालिमको शुरुवात।