ग्रामिण अल्ट्रासाउण्ड तालिम संचालन गर्ने बिषयमा छलफल सम्पन्न।
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा धौलागिरी अस्पताल, बागलुङमा तालिम साईटको स्तरोन्नति तथा विकास कार्यक्रम अन्तर्गत ग्रामिण अल्ट्रासाउण्ड तालिमको साईट बिकास गरि संचालन गर्ने बिषयमा छलफल भएको छ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौंका निर्देशक यशोदा अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजीव रिजाल, स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक हेमन्त शर्मा पौडेल, धौलागिरी अस्पताल, बाग्लुङ्गका मेशु डाक्टर किरण तिवारी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश र धौलागिरी अस्पतालका कर्मचारी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। माघ महिनामा धौलागिरी अस्पतालमा ग्रामिण अल्ट्रासाउण्ड तालिम संचालन हुने निर्णय गरिएको छ।

Download: ग्रामिण अल्ट्रासाउण्ड तालिम संचालन गर्ने बिषयमा छलफल सम्पन्न।