ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा आज मिति २०८२/०८/०७ गतेदेखि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा २१ दिने ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम (पाँचौं ब्याच) शुरू भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयहरूले जिल्ला भित्र आवश्यकताका आधारमा मनोनयन गरी पठाइएका गण्डकी प्रदेशका विभिन्न ग्रामिण क्षेत्रमा कार्यरत ६ जना नर्सिङ स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको छ । ग्रामिण क्षेत्रमा कार्यरत SBA तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिए पश्चात प्रशुती कार्यमा थप सहज हुने तथा गर्भवती महिलाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्य राखिएको यस तालिममा ल्हो स्वास्थ्य चौकी गोरखा, नामार्जुङ स्वास्थ्य चौकी कास्की, पैयु आधारभूत अस्पताल पर्वत, रूम स्वास्थ्य चौकी म्याग्दी, गजुरे स्वास्थ्य चौकी तनहुँ र सुन्दरबजार अस्पताल लमजुङका नर्सिङ कर्मचारीहरुको सहभागीता रहेको छ।
Download: ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम शुरू।
.png)