ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा मिति २०८२/०१/२३ गतेदेखि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सञ्चालन भएको २१ दिने ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम (दोस्रो ब्याच) सम्पन्न भएको छ । गण्डकी प्रदेशका विभिन्न ग्रामिण क्षेत्रमा कार्यरत ७ जना नर्सिङ स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । ग्रामिण क्षेत्रमा कार्यरत SBA तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिए पश्चात प्रशुती कार्यमा थप सहज हुने तथा गर्भवती महिलाको जोखिम न्यूनीकरण गर्ने तालिमका प्रशिक्षक कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रविण घिमिरेले वताउनु भएको थियो। कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक डा. विनोद बिन्दु शर्मा, धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी र सहभागीहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराका महानिर्देशक डाक्टर विनोद बिन्दु शर्माको प्रमुख आतिथ्यतामा संचालन समापन समारोह कार्यक्रम संयोजक मिलन बरुवालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट डाक्टरहरु, नर्सिङ कर्मचारीहरु लगायतका प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा, रवीन्द्र लामिछानेकाे समेत उपस्थिति रहेको थियो ।

Download: ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम सम्पन्न।