ग्रामिण अल्ट्रासाउण्ड (RoUSG) तालिम कार्यक्रम सम्पन्न।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजना, प्रदेश जनस्वास्थ्य कार्यालय, वाग्लुङको समन्वय तथा फेयरमेड नेपाल, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको संवोधन परियोजनाकाे सहयोगमा नर्सिङ कर्मचारीहरुका लागी ग्रामिण अल्ट्रासाउण्ड (RoUSG) तालिम कार्यक्रमको समापन समारोह धौलागिरी प्रादेशिक अस्पताल बागलुङका मेशु डाक्टर किरण तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद बिन्दु शर्माको प्रमुख उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका मुख्य प्रशिक्षक डाक्टर प्रवीण घिमिरे, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, फेयरमेडका टीम लिडर गणेश बरुवाल, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन अन्तर्गतको सम्बोधन परियोजनाका विष्णु सुवेदी, सुशील नेपाल टीमका साथै अस्पतालका मेट्रोन शान्ति पौडेल, कन्सल्टेन्ट डाक्टरहरु, संयोजक मिलन बरुवाल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रुकुम पूर्व र बागलुङ जिल्लाका गरी ६ जनाको नर्सिङ कर्मचारीहरुको सहभागी रहेको उक्त तालिममा २१ दिनको रहेको थियो।
Download: ग्रामिण अल्ट्रासाउण्ड (RoUSG) तालिम कार्यक्रम सम्पन्न।
.png)