गण्डकी प्रदेश स्वास्थ्य तालिम समितिको नियमित बैठक सम्पन्न...
गण्डकी प्रदेश स्वास्थ्य तालिम समितिको नियमित बैठक आज पोखरामा सम्पन्न भएको छ। समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर विनोद बिन्दु शर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशकहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखरा, नेपाल का योजना शाखा, नीति तथा योजना आयोगका उपसचिबहरु, विश्व स्वास्थ्य संगठन, गण्डकी प्रदेश संयोजक लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
Health Training Centre, Gandaki Province/स्वास्थ्य तालिम केन्द्र का महानिर्देशक तथा सदस्य सचिव हेमन्त शर्मा पौडेलले सञ्चालन गर्नुभएको उक्त बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तालिम केन्द्रका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। बैठकले विभिन्न निर्णयहरु गरेको छ।

Download: गण्डकी प्रदेश स्वास्थ्य तालिम समितिको नियमित बैठक सम्पन्न...