Essential Critical Care Training (ECCT) तालिम शुभारम्भ ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजना तथा निक साईमन्स इन्स्टिच्युटको प्राविधिक सहयोगमा सेवा प्रदायकहरुको लागि Essential Critical Care Training (ECCT) तालिम मिति २०८२/०२/१८ देखि शुभारम्भ भएको छ । उद्दघाटन कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक डा. विनोद बिन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, एनेस्थेसिया विभाग प्रमुख, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट चिकित्सक लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराका महानिर्देशक डा. विनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित उद्दघाटन समारोह जनस्वास्थ्य निरीक्षक लालू शर्माले सञ्चालन गर्नुभएको थियो। यस तालिम कार्यक्रममा प्रदेश भित्र आइसियु सञ्चालनमा रहेका प्रदेश/नगर अस्पतालका कन्सल्टेन्ट डाक्टरहरु, मेडिकल अधिकृत, नर्सिङ कर्मचारीहरु लगायतका सहभागिता रहेको थियो।

Download: Essential Critical Care Training (ECCT) तालिम शुभारम्भ ।