ECCT तालिमकाे शुभारम्भ
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स इन्स्टिच्युटको प्राविधिक सहयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०८१ /०८ /२३ गते देखि २०८१/०८/२८ गते सम्म संचालन हुने ६ दिने ECCT तालिमकाे शुभारम्भ भएको छ।
गण्डकी प्रदेश अन्तरगतका ६ अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना सहित ८ जना चिकित्सक र नर्सिङ कर्मचारीहरुकाे सहभागीता रहेको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनाेद विन्दु शर्माकाे प्रमुख आतिथ्यता रहेको उक्त उद्घाटन कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियाे।
तालिममा प्रमुख स्रोतव्यक्ति काे रुपमा प्रोफेसर डाक्टर रोहिणी सिग्देल लगायत निक साईमन्सका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे।
उक्त कार्यक्रमकाे संचालन स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य निरिक्षक लालु प्रसाद शर्माले गर्नुभएको थियाे ।

Download: ECCT तालिमकाे शुभारम्भ