मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम शुरू।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा १० दिने मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम (दोस्रो समुह) आज मिति २०८२/०९/२० गतेवाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखरामा शुरू भएको छ। उद्दघाटन समारोहमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. विनोद विन्दु शर्माको अध्यक्षता रहेको थियो भने उक्त तालिममा गण्डकी प्रदेशका विभिन्न पालिकाहरु र गण्डकीका प्रादेशिक अस्पताल ओसीएमसीमा कार्यरत १८ जना मनोसामजिक परामर्शकर्ता र नर्सिङ कर्मचारीहरुको सहभागिता रहेको छ। शुभारम्भ कार्यक्रमको सन्चालन प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माले गर्नुभएको थियो। कार्यक्रममा तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेश प्रसाद अधिकारी, प्रदेश जनस्वास्थ्य केन्द्रका निमित्त निर्देशक डाक्टर मधुर जी ढकाल, सामी कार्यक्रम, गण्डकी प्रदेशका परियोजना व्यवस्थापक उमाकला शर्मा, परियोजना अधिकृत शिव रेग्मी, तालिम केन्द्र का होग्रेथ भुर्तेल, विद्या भण्डारी लगायत अन्य कर्मचारीहरुको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा जगन्नाथ पौडेल, लक्ष्मी तामाङ र सावित्रा शर्मा मुख्य प्रशिक्षक रहनुभएको छ।
Download: मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) छ महिने तालिम शुरू।
.png)